३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

बागलुङ — बागलुङ नगरपालिकाले कालीगण्डकी नदी दोहन रोक्ने कार्यलाई निरुत्साहित गर्ने भएको छ । वार्षिक नीति तथा कार्यक्रममा पहिलोपटक नदी दोहन रोक्ने प्रतिबद्धता ल्याइएको हो ।

दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

बुधबार आयोजित नीति तथा कार्यक्रम प्रस्तुतीकरणका क्रममा नगर प्रमुख जनकराज पौडेलले नदीजन्य वस्तु उत्खननका लागि कार्यविधि बनाउने बताए । उच्च अदालत बागलुङले ४ वर्षअघि नै नगरपालिकालाई नीति बनाएर नदी दोहन रोक्न र उत्खननका लागि आईईई गर्न निर्देशन दिएको थियो ।

आईईई बनेपछि मात्रै नदी किनारमा के कति ढुंगा बालुवा उत्खनन गर्ने, त्यसको प्रभाव के हुने र प्रभाव न्यूनीकरण कसरी सम्भव छ भन्ने प्रतिवेदन आउने आदेशमा उल्लेख थियो ।

उक्त नीतिले नदी दोहन रोक्न सहयोग पुग्ने अभियन्ताले बताए । युवाले नदी दोहनविरुद्ध अभियानसमेत चलाएका छन् । अधिवक्ता राम शर्मा, आरके गिरी लगायतले दोहनविरुद्ध अभियान चलाएका हुन् । त्यसअघि अदालतमा अधिवक्ता बद्रीप्रसाद शर्मा र बागलुङ नगरपालिका–१ का टेकबहादुर सार्कीले रिट निवेदन दिएका थिए ।

अदालतले बागलुङसहित कालीगण्डकी किनारमा रहेका सबै नगर तथा गाउँपालिकालाई नीति बनाउन आदेश दिएको थियो । नीति पालना भए नभएको अनुगमनका लागि प्रशासनलाई आग्रह गरेको थियो । यो नीतिले नदी दोहनमा केही पहल हुने वडा २ का सदस्य अर्जुन घिमिरेले बताए ।

प्रकाशित : असार १०, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?