कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीमा शिक्षक हत्या आरोपी सार्वजनिक

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका ५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालय प्रधानध्यापक भक्त कार्कीको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

म्याग्दीमा शिक्षक हत्या आरोपी सार्वजनिक

अभियुक्त बेनी नगरपालिका ५ चुत्रेनीका ३१ वर्षीय सञ्जय बानियाँलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार बानियाँविरुद्ध ‘हत्या गरी शव म्याग्दी नदीमा फालेर बेपत्ता’ बनाएको अभियोगमा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ ।

शिक्षक कार्कीको असार ६ गते बिहान हत्या गरी खोलामा बगाएर बेपत्ता बनाएको अभियोगमा प्रहरीले बानियाँलाई असार ७ गते दिउँसो पर्वतको कुस्माबाट पक्राउ गरेको थियो ।

विद्यालयबाट मोटरबाटोमा निक्लने गोरेटोको एकान्त स्थानमा रगतको टाटा, कलम, चस्मा, हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको र सोही दिनदेखि बानियाँ बेपत्ता भएपछि अनुसन्धानको दायरा साँघुरिएको थियो । ‘प्रारम्भिरक बयानमा आरोपीले शिक्षक कार्कीलाई व्यक्तिगत रिसईबीले गर्दा बाटो ढुकेर पछाडिबाट ढुङ्गा प्रहार गरी हत्या गरेर शव म्याग्दी खोलामा फालेको भनेका छन् । घटनाको विस्तृत अनुसन्धान बाँकी रहेकोले थप भन्न सकिन्न’ हत्या आरोपितलाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले भने ।

प्रकाशित : असार ९, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?