कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कास्कीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कास्की — कास्कीमा आइतबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वततर्फ जाँदै गरेको ग २० प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ अन्नपूर्ण गाउँपालिका–३ लक्ष्मी देउराली पत्थर ढुंगामा आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मृत्यु हुनेमा पर्वतको साविक भुकताङ्गे गाविस–१ का ३३ वर्षीय विनोद मल्ल रहेका छन् । अर्का अन्दाजी ४५ वर्षका पुरुषको नामथर, वतन खुलेको छैन ।

प्रहरीले दुवै सवारी साधन र टिपर चालक सिन्धुपाल्चोककोइ इन्द्रावती गाउँपालिका–१० का २५ वर्षीय सुरेश माझीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : असार ६, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?