१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पूर्वी नवलपरासीमा असार ११ सम्म थपियो निषेधाज्ञा

नारायण शर्मा

पूर्वी नवलपरासी — जिल्ला प्रशासन कार्यालयले पूर्वी नवलपरासीमा असार ११ गतेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार सम्पन्न कोभिड व्यवस्थापन समितिको बैठकले सोमबार रातिदेखि असार ११ गते मध्यरातसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । असार ७ गते मध्यरातसम्म यसअघिकै निर्णयले जिल्लाभर निषेधाज्ञा जारी छ । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत आनन्द शर्मा भुसालका अनुसार जिल्लामा व्यापार व्यवसाय संचालन गर्न जिल्ला स्वास्थ्य कार्यालयले व्यवसायीहरुको एन्टिजेन परीक्षण गर्न किट उपलब्ध गराउने र पालिकाहरुका स्वास्थ्य कार्यालयबाट व्यवसायीहरुको कोभिड १९ परीक्षण गर्ने निर्णय गरेको छ ।

जिल्लामा माग गरेअनुसार पेट्रोल पम्प व्यवसायीहरुलाई पनि खोप लगाउन प्राथामिकता दिने निर्णय भएको छ । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयमा विभिन्न दाताहरुबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर पालिकाहरुलाई उपलब्ध गराउने लगायतका निर्णय भएको छ ।

पूर्वी नवलपरासीमा कोभिड संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । आइतबारसम्म ३७ सय ८७ जना निको भएका छन् भने ४३ सय ५ जना संक्रमित रहेका छन् । आइतबारसम्म जिल्लामा कोभिडका कारण ७७ जनाको ज्यान गएको छ ।

प्रकाशित : असार ६, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?