कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा काफ्ले

कास्की — गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा रघुराज काफ्ले नियुक्त भएका छन् । शनिबारको मन्त्रिपरिषद्को बैठकले काफ्लेलाई नियुक्त गरेको हो । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा काफ्ले

तनहुँ घर भएका काफ्लेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आइतबार नै पद तथा गोपनीयताको शपथ खुवाएका छन् । त्यसपछि उनले पदभार ग्रहण गरेका छन् ।

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकसमेत भएका काफ्ले अध्ययन तथा अनुसन्धानको क्षेत्रमा आबद्ध थिए । आयोग उपाध्यक्षमा मुख्यमन्त्रीले योग्यताको आधारमा आफैंले नियुक्त गर्न पाउने व्यवस्था छ ।

प्रकाशित : असार ६, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?