२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कालीगण्डकीको डेढगाउँ पुल भासियो, आउजाउ बन्द

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको पहाडी क्षेत्र डेढगाउँ र तनहुँ जोडने कालीगण्डकी नदीमाथिको पक्की पुल जोखिममा परेको छ । बाढीले पुलको उत्तरी किनार खोल्दै लगेर भासिएका कारण पुल बग्ने जोखिम भएको हो ।

कालीगण्डकीको डेढगाउँ पुल भासियो, आउजाउ बन्द

बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार पुलको उत्तरतर्फको तटबन्धन भासिएका कारण गाडी खस्ने भएकाले आउजाउ बन्द भएको छ । तटबन्धन भासिएका कारण पुल कति खेर खस्छ भन्ने त्रास बढेको उनले सुनाए ।

यो जिल्लाको दुर्गम उत्तरी भूभाग र तनहुँ जोडने एकमात्र पक्की पुल हो ।

प्रकाशित : असार ४, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?