गोरखामा एक साता लम्बियो निषेधाज्ञा

पाठ्यपुस्तक बिक्रीका लागि समयसीमा निर्धारण
हरिराम उप्रेती

गोरखा — गोरखामा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले असार १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन् । यसअघि घोषणा गरेको निषेधाज्ञा शनिबार राति १२ बजेसम्म कायम छ । 

गोरखामा एक साता लम्बियो निषेधाज्ञा

कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञाको अवधि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए । उनका अनुसार यसअघि भन्दा निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गर्ने सुनिश्चितता गरी पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु बिहान ५ बजेबाट दिउँसो ११ बजेसम्म खोल्न दिने निर्णय भएको रोकाले बताए । सामुदायिक विद्यालयहरुमा पुस्तक व्यवसायीले आवश्यक पुस्तक विद्यालयसम्म पुर्‍याइदिने र विद्यालयले आलोपालो समय लिाई विद्यार्थीलाई वितरण गर्ने व्यवस्था मिलाउन भनिएका उनले बताए ।

बैंक तथा सहकारी संस्थाहरुले सेवाग्राहीबीच २ मिटरको भौतिक दुरी कायम गर्ने र अन्य स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बैंकिङ सेवा प्रवाह गर्ने निर्णय गरिएको छ ।

दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दही, माछा, मासु, कृषिजन्य बिउ विजन, मल, पशुपंक्षीको दाना बिक्री वितरण गर्ने पसलहरु र निर्माण सामग्री वितरण गर्ने पसलहरु पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी बिहान ५ देखि ११ बजेसम्म संचालन गर्न पाइने भएको छ ।

प्रकाशित : असार ४, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?