कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बागलुङमा काम गर्दागर्दै बेहोस भएका युवाको मृत्यु

बागलुङ — जिल्लामा काम गरिरहेका बेला बेहोस भएर ढलेका युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ४ मा बाढीले ल्याएको हिलो माटो र पहिरोको ढुंगा हटाउने क्रममा बेहोस भएका १९ वर्षीय सागर नेपालीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

अचेत भएका नेपालीलाई उपचारका लागि अस्पताल ल्याउने क्रममै मृत्यु भएको थियो । नेपाली पर्वतको जलजला गाउँपालिका ७ घर भइ उपल्लाचौरस्थित मोटर ग्यारेजमा काम गर्दै आएका थिए ।

ससुरा यामबहादुर बिकसँगै काम गरिहरेका नेपाली दिउँसो बेहोस भएर ढलेका थिए । माटो उठाएर ठेलामा फाल्ने क्रममा ढलेकोले उनलाई करेन्ट लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रहरीले भने अहिलेसम्म उनलाई के भएको थियो भन्ने यकिन भइनसकेको बतायो । ‘के भएको थियो अहिले थाहा छैन’प्रहरी नायव उपरीक्षक इकवाल हवारीले भने, ‘पोस्टमार्टमबाट थाहा होला ।’ घटनाको अनुसन्धान भइरहेको हवारीले बताए ।

प्रकाशित : असार ४, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?