बूढीगण्डकीले यारुबगरका दुई घर बगायो, सात घर जोखिममा

हरिराम उप्रेती

गोरखा — बूढीगण्डकी नदीमा आएको बाढीले धार्चे गाउँपालिका–१  यारुबगरमा दुइटा घर बगाएको छ । बूढीगण्डकी कटानले यारुबगरका सात घर उच्च जोखिममा परेका छन् । 

निरन्तरको वर्षापछि आएका बाढीले गोपाल घलेको १ तले कच्ची घर र राजकुमार ढकालको ब्लकले बनाएको एक तले घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखका डीएसपी प्रकाश दाहालले बताए ।

ढकालको घरनजिकै रहेको बाख्राको खोर पनि बूढीगण्डकीले बगाएको छ । घर बगाएपछि ढकालका ६ र घलेका ५ जनाको परिवार छिमेकीकोमा आश्रय लिएर बसेका छन् ।

प्रकाशित : असार ४, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?