२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

स्याङ्जाको करादीस्थित सिदार्थ राजमार्ग अवरुद्ध

कास्की — केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित पहिरो जाँदा सिदार्थ राजमार्गको स्याङ्जा सडकखण्ड अवरुद्ध भएको छ ।

स्याङ्जाको करादीस्थित सिदार्थ राजमार्ग अवरुद्ध

बिहीबार बेलुका ७ बजे आएको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार सडक माथिबाट ढुंगासहितको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

शुक्रबार बिहानसम्म सडक खुलाउनको लागि सम्बन्धित निकायसँग पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?