१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गण्डकीमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक [पूर्णपाठ]

कास्की — गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।

गण्डकीमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक [पूर्णपाठ]

जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ रहेको छ ।

कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गरेका हुन् । यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको नि:शुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

प्रकाशित : असार १, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?