महेन्द्र राजमार्ग अवरुद्ध 

पूर्वीनवलपरासी — लगातारको वर्षात्‌को पहिरोले सडक भासिँदा महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने र थुम्सीमा यातायात अवरुद्ध भएको छ । 

जिल्ला प्रहरीका प्रवक्ता दिलीप गिरीका अनुसार दाउन्नेको ध्यूखोला नजिकमा सडक भासिएका कारण ४ घण्टादेखि महेन्द्र राजमार्ग अवरुद्ध भएको हो ।

सडक भासिएको र पहिरो खसिरहेका कारण दाउन्नेमा जाँदा जेखिम हुने भएकाले पूर्व पश्चिम हिँडेका गाडी दुम्किबास र बर्दघाटमा प्रहरीले रोकेको छ ।

कावासोती गैंडाकोट खण्डको थुम्सीमा महेन्द्र राजमार्ग फराकिलो पार्नेक्रममा बनाइएको डाइभर्सन बगाउने खतरा भएकाले प्रहरीले गाडी गैंडाकोट र भेँडाबारीमा पूर्व पश्चिम हिँडेका गाडी रोकेको छ ।

प्रवक्ता गिरीले पहिरो र डाइभर्सनको जोखिमका कारण महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका गाडी हरेक प्रहरी चौकी अगाडि रोकिएको जानकारी दिए ।

प्रकाशित : असार १, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?