गण्डकीको नीति तथा कार्यक्रममा पुराना योजना नसमेटिएकोमा एमालेको असन्तुष्टि

कास्की — गण्डकी प्रदेश सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रममा पुराना योजना नसमेटिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले असन्तुष्टि जनाएको छ । एमाले सांसद इन्द्रलाल सापकोटाले सरकारले ल्याएका पुराना योजना महत्त्वपूर्ण भएपनि अहिलेको सरकारले हटाएको भन्दै विरोध जनाए । मंगलबारको प्रदेशसभा बैठकमा नीति कार्यक्रममाथि छलफल गरिएको थियो ।

गण्डकीको नीति तथा कार्यक्रममा पुराना योजना नसमेटिएकोमा एमालेको असन्तुष्टि

छलफलमाथि बोल्दै उनले भने, ‘एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तह जोड्ने सडक, क, ख, ग वर्गका सडक तथा अन्य योजना कुनैपनि सम्बोधन भएका छैनन् । पुराना योजनालाई निरन्तरता दिन्छौं मात्र भनिएको छ । तर प्रतिबद्धता गरिएको छैन ।’ उनले सरकार परिवर्तन भएपनि पुराना योजना महत्त्वपूर्ण भएकाले समावेश गरेर अगाडी बढ्न सुझाए । सरकारले नयाँ योजना ल्याउन पनि नसक्ने र पुराना योजनालाई पनि समेट्न नसक्ने भन्दै उनले सरकारले ल्याएका दुई/तीनवटा कार्यक्रम भने कार्यान्वयन नै हुन नसक्ने खालका ल्याएको बताए ।

सत्तापक्ष दल माओवादी केन्द्रका हरिबहादुर चुमानले नीति तथा कार्यक्रममा समेटिएका योजना परिवर्तन गरेर लैजानुपर्ने बताएका थिए ।

बैठक एक घण्टाको लागि स्थगित गरिएको छ ।

प्रकाशित : असार १, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?