कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोरखामा खोलाले बगाउँदा एक जना बेपत्ता

गोरखा — आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलाले बगाउँदा बर्दिया घर भएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएका छन् । 

ट्रक मर्मतको कामका लागि गोरखा बस्दै आएका चौधरीलाई कटुन्जे जाँदै गर्दा मंगलबार बिहान ठाडो खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए । स्थानीय र मान्बु प्रहरी चौकीबाट खटिएका टोलीले उनको खोजी गरिरहेको दाहालले जानकारी दिए ।


प्रकाशित : असार १, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?