३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

गण्डकी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम काेभिड लक्षित

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश सरकारले सामबार ल्याएकाे नीति तथा कार्यक्रममा काेभिड १९ लाई प्राथमिकता दिएकाे छ ।

गण्डकी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम काेभिड लक्षित

सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताइन् ।

काेभिडका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने, प्रदेशका सबै नागरिकलाई काेराेना विरूद्वकाे खाेप लगाउने, काेराेना संक्रमितकाे उपचार प्रभावकारी बनाउने, काेभिडका कारण बाबुआमा गुमाएका बालबालिका र काेभिडबाट आफन्त गुमाएका परिवारलाई नगद राहतकाे व्यवस्था गरिने भएकाे छ ।

यसैगरी, काेभिडका कारण पर्यटन र कृषिमा परेकाे समस्या सम्बाेधन गरिने, सरूवा राेग अस्पताल प्रभावकारी बनाउने र ५० शय्याका सबै अस्पतालमा आँखा उपचारकाे व्यवस्था गरिने र महिलाकाे स्वास्थ्य समस्याको पहिचान गरि नि:शुल्क उपचारकाे व्यवस्था गरिने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

गण्डकी सरकारकाे नीति तथा कार्यक्रमकाे पूर्णपाठ :

प्रकाशित : जेष्ठ ३१, २०७८ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?