कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । ३ वर्ष ३ महिनाको कार्यकालपछि उनले आइतबार बिहान राजीनामा दिएका हुन् ।  

गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

घिमिरेलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन २१ मा नियुक्त गरेका थिए ।

उनले प्रदेशप्रमुख सीतकुमारी पौडेललाई बुझाएको राजीनामापत्रमा आफ्नो क्षमताले भ्याएसम्म संघीयता कार्यान्वयनको पक्षमा प्रदेशको अधिकारको रक्षा, प्रदेशमा कानुन निर्माणमा सहजीकरण, स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समिति समेतमा रही संवैधानिक र कानुनी कर्तव्य पालना गर्न इमानदारीपूर्वक लागेको उल्लेख गरेका छन् ।


प्रकाशित : जेष्ठ ३०, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?