कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहिरोले सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्ड अवरुद्ध

प्रतीक्षा काफ्ले

स्याङ्जा — शनिबार रातिबाट परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्ड अन्तर्गत भालुपहाड क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । 

पहिरोले सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्ड अवरुद्ध

भालु पहाडका दुई ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध हुदाँ सवारी साधन रोकिएका छन् । पहिरो हटाउनको लागि सडक डिभिजन कार्यालय पोखराबाट ब्याकहो लोडर माग गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।

पहिरो गएको उक्त स्थानमा हिउँददेखि सडक फराकिलो पार्ने भन्दै डोजर लगाइएको थियो । वर्षाका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?