राजमो सांसद थापा प्रदेश प्रमुख निवासमा- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमो सांसद थापा प्रदेश प्रमुख निवासमा

कान्तिपुर संवाददाता

पोखरा — नयाँ सरकार गठनका लागि दिइएको समय सकिनैलाग्दा पार्टीले सांसद पदबाट निस्कासन गरेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा गण्डकी प्रदेशप्रमुखको निवास छिरेर फर्किएका छन् । 

प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउसो ३ बजेसम्मका लागि नयाँ सरकार गठन गर्न समयसीमा दिएकी थिइन् । बिहीबार नै विपक्षी गठबन्धनले बहुमत पुर्याएर कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेको छ । थापाको पार्टीका अन्य सांसद यो गठबन्धनमा भए पनि थापा भने छैनन् । ३१ जना सांसद् पोखरेलको पक्षमा समर्थन गर्दै प्रमुख निवासमा सशरीर उपस्थित भएका थिए । तर प्रदेश प्रमुखले अहिलेसम्म कुनै निर्णय गरेकी छैनन् । थापालाई सर्वोच्चले पदमा पुनर्वहाली गरिदिएको थियो । यो मुद्दाको अन्तिम किनारा भने लागेको छैन । बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत माग्दा प्रदेशसभामा उनी तटस्थ बसेका थिए । त्यसपछि पनि फेरि उनलई पार्टीले सांसदबाट निस्कासन गरेको शुक्रबारको प्रदेशसभा बैठकमा सभामुखले जानकारी गराएका थिए ।

थापा प्रमुख निवासमा पुग्नु र बहुमत पुग्दासमेत मुख्यमन्त्री नियुक्त नगर्नुमा कुनै षड्यन्त्र त छैन भन्ने विपक्षी गठबन्धनका नेताहरुले आशंका गरेका छन् ।

थापाले भने सर्वोच्चको अन्तरिम आदेशसम्बन्धी निवेदन दिन गएकाे बताएका छन् । दलको नेता परिवर्तन नभएको जानकारी सहितको पत्र बुझाएको भन्ने पनि छ है । प्रदेश संसदीय दलमा राजमोको संसदीय दलको नेता रहेका थापालाई पार्टीले हटाएको थियो । उनले संसदीय दलको नेता परिवर्तन नभएको भन्ने पत्र बुझाएको बताइएको छ ।


प्रकाशित : जेष्ठ २९, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्

गाउँ फर्केको मान्छे 

फूलमान वल

वर्षौंपछि– यादहरुको बिस्कुन टिप्दै गाउँ फर्केको छु म र, यतिबेला याङफेल लेकमा उभिएर सोचमग्न–सोचमग्न टोलाइरहेछु । 

...


बोकेर झोलाभरि कटमिरो सपना

तिर्खाहरुको क्षितिज चुम्न

समयको हात्तीछाप चप्पल पड्काउँदै कुनै दिन

यही बाटो सहर पसेको म,

गाउँ फर्किनै पो ढिलो गरेछु

म आउनुअघि नै

गाउँ पसिसकेको रहेछ

–कोकाकोला,

–डिउका हरिया बोतल

–र, तयारी चाउचाउ

समृद्धिको सप्तरंगी घोडा चढेर,

बादलपारि हराइजाने प्रवासी यादहरुमा अचेल

दिउँसै रक्सी पिउँदोरहेछ मेरो गाउँ

मनी ट्रान्सफरका बुथहरुमा लाइन लागेर,

ढुन्मुनिँदै साँझपख

घर फर्किँदो रहेछ मेरो गाउँ ।

...

हो, म त ढिलै फर्केछु गाउँमा

म आउनुअघि नै

गाउँ पसिसकेको रहेछ सिंहदरबार

सिंहदरबारसँगै

गाउँ पसिसकेको रहेछ

–बहुराष्ट्रिय कम्पनी र ठेकेदार

–जेसीभी, डोजर र जग्गा दलाल

सबभन्दा ठूलो कुरो त

म आउनुअघि नै

गाउँ पसिसकेको रहेछ ‘विकास’

विकास नै पसेपछि–

किन चाहियो र चराहरुले बाँसुरी बजाउने नाथे जंगल ?

किन चाहियो र मायालु बतास डुल्ने हरिया डाँडाकाँडा ?

धपाउँदै आली, सुर्कां र गराहरुबाट गीतजस्ता गौंथलीहरु

बनिसकेछ चारैतिर धूलाम्य मैदान

ठडिएछन् सबैतिर– करङजस्ता मल्टिनेसनल हाउजिङ

...

वर्षौंपछि–

यादहरुको बिस्कुन टिप्दै

गाउँ फर्केको छु म

र, यतिबेला

याङफेल लेकमा उभिएर

सोचमग्न–सोचमग्न टोलाइरहेछु

साँच्चि,

मैले गाउँ छोड्ने बेला

‘छिट्टै फर्की आऊ है’ भन्दै

क्षितिजभरि पर्खाइको जेसुम नजर बिछ्याइबस्ने

ती सज्जन गाउँलेहरु

चराहरुले झैं गुँड छाडेर

कता बसाइँ सरेछन् हँ ?

प्रकाशित : जेष्ठ २९, २०७८ १४:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×