गण्डकी प्रदेशसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश

पोखरा — कोरोना नियन्त्रण र उपचारमा जोड दिँदै गण्डकी प्रदेश सरकारले सोमबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभा बैठकमा पेश गरेको छ ।

गण्डकी प्रदेशसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश

साथै नयाँ योजना र कार्यक्रम भन्दा पनि पुरानैलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७८/०७९ का लागि अर्थमन्त्री किरण गुरुङले सिद्धान्त र प्राथमिकता पेश गरेका हुन ।

यसमाथि मंगलबारदेखि छलफल हुनेछ । सांसदहरुको प्राप्त सुझावलाई समेटेर आगामी वर्षका लागि बजेट ल्याइने मन्त्री गुरुङले बताए । तर बजेट ल्याइनु पूर्व एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनु पर्छ ।

विपक्षी दलहरुले भने विश्वासको मत लिएरमात्रै अघि बढेमा राम्रो हुने भन्दै आएका थिए । विश्वासको मत नपाए गण्डकी पनि संघीय संसद्कै बाटोमा अघि बढ्ने होकी भन्ने संशय बढेको छ ।

प्रकाशित : जेष्ठ १७, २०७८ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?