गोरखामा दुई साता लम्बियो निषेधाज्ञा

हरिराम उप्रेती

गोरखा — गोरखामा निषेधाज्ञाको अवधि थप दुई साता लम्बाइएको छ । वैशाख ३१ गते राति १२ वजेबाट जेठ १५ गते राति १२ वजेसम्म दुई साता निषेधाज्ञा अवधि थप भएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए ।

यसअघि वैशाख २२ गतेबाट वैशाख ३१ गते(शुक्रबार) सम्म निषेधाज्ञा जारी भएको थियो । बिही।बारको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको अवधि लम्बाएको हो ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जेठ १५ गतेसम्म निरन्तरता दिने निर्णय भएको रोकाले बताए ।

निषेधाज्ञाको अवधिमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?