गण्डकीमा थप १४ कोरोना संक्रमितको मृत्यु

दीपक परियार

पोखरा — कोरोना संक्रमणबाट गएको २४ घण्टामा गण्डकी प्रदेशमा १४ जनाले ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरण अनुसार बिहीबारसम्म प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १८ पुगेको छ ।

गण्डकीमा थप १४ कोरोना संक्रमितको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–१७ का ७३ वर्षीय कोरोना संक्रमित पुरूषले बुधबार चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । पोखरा–७ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार चरक मेमोरियल अस्पतालमै निधन भयो । चरक अस्पतालमै पोखरा–१७ का ४४ वर्षीय कोरोना संक्रमित पुरूषले बुधबार ज्यान गुमाए । पोखरा–८ का ५० वर्षीय पुरूषको बिहीबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भयो । पोखरा–१५ का ६५ वर्षीय पुरूषले बिहीबार बिहान प्रतिष्ठानमै ज्यान गुमाए ।

पोखरा–१२ का ७८ वर्षीय संक्रमित पुरूषको बुधबार राति फिस्टेल अस्पतालमा उपचारका क्रममा निधन भयो । पोखरा–२६ का ६९ वर्षीय कोरोना संक्रमित पुरूषले बिहीबार मणिपाल शिक्षण अस्पतालमा ज्यान गुमाए । दाङको लालमटिया–१ का ८० वर्षीय कोरोना संक्रमित पुरूषको बिहीबार मणिपाल शिक्षण अस्पतालमै उपचारका क्रममा निधन भयो । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय संक्रमित पुरूषको बिहीबार धौलागिरि अस्पतालमा मृत्यु भयो । धौलागिरि अस्पतालमै बिहीबार बागलुङको गल्कोट नगरपालिका–२ का ५२ वर्षीय कोरोना संक्रमित पुरूषले ज्यान गुमाए । गल्कोट–३ का ६४ वर्षीय कोरोना संक्रमित पुरूषको बिहीबार धौलागिरि अस्पतालमै उपचारका क्रममा निधन भयो । धौलागिरि अस्पतालमै ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय कोरोना संत्रमित पुरूले बिहीबार बिहान उपचारका क्रममा ज्यान गुमाए ।

पोखरा–१७ का ३० वर्षीय कोरोना संक्रमित पुरूषको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भयो । म्याग्दीको बेनी नगरपालिका–५ का ४० वर्षीय कोरोना संक्रमित पुरूषको बुधबार बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

प्रदेशमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ३१ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ जनामा पीसीआर परीक्षण गर्दा ५ सय ६ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित : वैशाख ३०, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?