पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु

दीपक परियार

पोखरा — सोमबार र मंगलबार गरी पोखरामा थप ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । म्याग्दीको बेनी नगरपालिका–९ कि ५२ वर्षीय कोरोना संक्रमित महिलाले मंगलबार बिहान मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गुमाइन् ।

पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषको सोमबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भयो ।

स्याङ्जा भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुषको सोमबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचारका क्रममा निधन भएको छ । तनहुँ व्यास नगरपालिका–१ कि ५७ वर्षीय कोरोना संक्रमित महिलाको सोमबार पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरा–१६ कि ६० वर्षीया कोरोना संक्रमित महिलाले मंगलबार बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी छन् । रुपन्देही बुटवल उपमहानगरपालिका–११ कि ५५ वर्षीया कोरोना संक्रमित महिलाको सोमबार राति मणिपाल शिक्षण अस्पतालमै उपचारको क्रममा निधन भएको छ । पोखरा–६ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान फिस्टेल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । पोखरा–२१ का ८० वर्षीय कोरोना संक्रमित पुरुषले मंगलबार बिहान होम आइसोलेसनमा ज्यान गुमाएका छन् ।

पोखरा–६ कि ३२ वर्षीया कोरोना संक्रमित महिलाको सोमबार राति गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । रुपन्देही सैनामैना नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको छ । पोखरा–८ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार विहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

मंगलबार म्याग्दीको बेनी अस्पतालमा ६० वर्षीय कोरोना संक्रमित पुरुषले ज्यान गुमाएका छन् । बेनी नगरपालिका–१ का ६० वर्षीय पुरुषको निधन भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?