३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गण्डकीमा विपक्षी दलले ३१ सांसदको हस्ताक्षर बुझाउने 

प्रतीक्षा काफ्ले

काठमाडौँ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिएपछि विपक्षी दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाउने भएका छन् ।

गण्डकीमा विपक्षी दलले ३१ सांसदको हस्ताक्षर बुझाउने 

मुख्यमन्त्रीको राजीनामासँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा विपक्षी दलले ३ दिनभित्र बहुमतको हस्ताक्षर बुझाउने कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार विपक्षी दल अव कसरी जाने भन्ने विषयमा छलफलमा जुटेको छ ।

‘हामी ३१ जनाको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखलाई बुझाउँछौ’ उनले भने । गण्डकीमा बहुमतको लागि ३१ जनाको हस्ताक्षर चाहिन्छ । सोमबार अविश्वासको प्रस्तावमाथि मतदान हुने तय भएकोमा आइतबार नै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । अविश्वासको प्रस्ताव पास हुने सम्भावना देखेपछि उनको राजीनामा आएको स्रोतले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?