कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

देवचुलीस्थित कांग्रेस पार्टी कार्यालय भवनमा आइसोलेसन निर्माण हुने

नारायण शर्मा

पूर्वी नवलपरासी — देवचुली नगरपालिकास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय भवनमा आइसोलेसन निर्माण हुने भएको छ ।

देवचुलीस्थित कांग्रेस पार्टी कार्यालय भवनमा आइसोलेसन निर्माण हुने

कांग्रेस देवचुली नगरपालिकाका सचिव नारायण पौडेका अनुसार शनिबार पार्टी कार्यालयमा बसेको पादाधिकारीको बैठकले कोरानो नियन्त्रणमा सघाउन पार्टी कार्यालय भवनलाई आइसोलेसन बनाउने दिने निर्णय भएको हो ।

नगरपालिकाको वडा नम्बर १३ मा रहेको पार्टी कार्यालय भवनमा कम्तिमा ५० बेड राख्न मिल्छ । नगरपालिकासँग आइसोलेसन बनाउने बारेमा यसअघि नै मौखिक सहमति भएको र शनिबारको पदाधिकारी बैठकले निर्णय गरेर जिम्मा दिइएको पौडेलले टेलिफोनमा बताए ।

नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठ देवचुली कांग्रेसका नगर सभापति पनि हुन् । नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीले आइसोलेसन बनाउने उनले बताए ।

हाल नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ११ रहेको छ । कोरोना संक्रमणबाट एक महिनाको अवधिमा ३ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : वैशाख २५, २०७८ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?