कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बलात्कारपछि फरार आरोपित सीमानाकाबाट पक्राउ 

हरिराम उप्रेती

गोरखा — सोह्र वर्षीया किशोरीलाई बलात्कार गरी फरार आरोपी गोरखा नगरपालिका–८ का ६५ वर्षीय तुलबहादुर थापा पक्राउ परेका छन् । 

बलात्कारपछि फरार आरोपित सीमानाकाबाट पक्राउ 

किशोरी गर्भवती भएको घटना बाहिरिएसँगै भागेर भारतको गया पुगेका थापा लकडाउनपछि घर फर्कंदै गर्दा प्रहरीले मझुवा देउरालीबाट बिहीबार पक्राउ गरेको हो । अघिल्लो वैशाख ११ मा वनमा निगुरो खोज्न गएकी किशोरीलाई थापाले बलात्कार गरेको भन्दै कात्तिक २३ मा पीडितका आफन्तले जिल्ला प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीलाई जाहेरी दिँदा बालिका गर्भवती भएको ३० हप्ता पुगेको थियो । ‘फकाइफुलाई पैसा दिने लोभ देखाएर गाइ–गोरु बाँध्ने गोठमा लगी करणी गरेको घटनाको सम्बन्धमा सुरुमा किशोरीले कसैलाई पनि नभन्न आरोपितले धम्की दिएका रहेछन,’ डिएसपी प्रकाश दाहालले भने, ‘पछि किशोरी अस्वाभाविक तवरले मोटाउन थालेपछि स्वास्थ्य परीक्षण गराउँदा गर्भवती भएको खुल्न आएको रहेछ ।’

जाहेरी दिएलगत्तै फरार थापा भागेर भारत पुगेको प्रहरीले जनाएको छ । थापा भारतको गयास्थित १ नम्बर घुम्ती भन्ने स्थानमा गार्डको काम गरी लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

कोभिड १९ पछि भारतमा बस्न जोखिम भइ गोप्य तबरले गोरखा प्रवेश गर्न लागेका थापा सीमानाकाबाटै पक्राउ परेका हुन् । थापालाई बिहीबारै जिल्ला अदालत उपस्थिति गराइएको छ ।

किशोरीले माघ ३० मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरा जन्माएकी छिन् ।


प्रकाशित : वैशाख २४, २०७८ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?