१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पर्वतमा जिप पल्टँदा १६ जना घाइते

अगन्धर तिवारी

पर्वत — कुस्मा नगरपालिका–१२ ठूलीपोखरीबाट मलामी लिएर कुस्मातर्फ आउँदै गरेको जिप शुक्रबार बिहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १६ जना घाइते भएका छन् ।

पर्वतमा जिप पल्टँदा १६ जना घाइते

ग२च ५२१३ नम्बरको डबल क्याबको महिन्द्रा जिप कुस्मा–१० पीपलटारीको सिमखेतमा दुर्घटनाग्रस्त भएको पर्वत प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्य १२ जना सामान्य रहेको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरिक्षक मनीष श्रेष्ठले बताए । घाइते सबैको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पर्वत अस्पतालमा मृगौलाको डायलसिस गराइरहेका कुस्मा–१३ का विष्णु परियारको निधन भएपछि उनका छिमेकीहरू कुस्मातर्फ आउँदै गर्दा करिब साढे ९ बजे जिप पल्टिएको हो । प्रहरीले जिप चालक कुस्मा–१२ का २२ वर्षीय अनिनाथ परियारलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?