२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरोनाबाट पूर्वी नवलपरासीमा थप दुईको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट शुक्रबार बिहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सदरमुकाम कावासोती र र मध्यविन्दु नगरपालिकाका दुई पुरुष छन् । 

कोरोनाबाट पूर्वी नवलपरासीमा थप दुईको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कावासोती नगरपालिका–२ का ६१ वर्षीय पुरुषको उपचारका क्रममा बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यसै गरी मध्यविन्दु नगरपालिका–१२ का ७० वर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको हो । यससँगै पूर्वी नवलपरासीमा वैशाखयता कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । जिल्लामा ५ सय २२ संक्रमित होम आइसोलेसनमा छन् ।

प्रकाशित : वैशाख २४, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?