२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोनाबाट ८७ वर्षीय पुरुषको मृत्यु

बागलुङ — कोरोना संक्रमित ८७ वर्षीय वृद्ध पुरुषको बिहीबार साँझ मृत्यु भएको छ । बडीगाड गाउँपालिका ४ का ती वृद्ध दमका बिरामी थिए । बैशाख १८ गते संक्रमण पुष्टि भएर उपचारका लागि आएका थिए । धौलागिरि अस्पतालमा बुधबार राति दुई जनाको निधन भएको थियो । 

बुधबार राति बागलुङ नगरपालिका ४ का ७८ वर्षीय पुरुष र म्याग्दीको वेनी नगरपालिका १ का ३३ वर्षीय युवाको मृत्यु भएको हो । मृतक दुवै जनाको नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?