१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोनाबाट पूर्वी नवलपरासीका थप दुईको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — जिल्लामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सदरमुकाम कावासोती र गैंडाकोटका पुरुष छन् । 

कोरोनाबाट पूर्वी नवलपरासीका थप दुईको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार होम आइसोलेसनमा रहेका कावासोती नगरपालिका–८ का ६३ वर्षीय पुरुषको बुधबार राति घरमै मृत्यु भएको छ ।

उनको गत सोमबार जिल्ला अस्पतालमा गराइएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी गैंडाकोट नगरपालिका–२ का ७३ वर्षीय पुरुषको बिहीबार बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चापागाईले जानकारी दिए । उनलाई गत आइतबार कोरोना पुष्टि भएको थियो ।

पूर्वी नवलपरासीमा वैशाखयता कोरोना संक्रमणबाट सात जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख २३, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?