१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धौलागिरि अस्पतालमा उपचाररत २ जनाको मृत्यु

प्रकाश बराल

बागलुङ — धौलागिरि अस्पतालमा उपचाररत दुई जनाको बुधबार राति मृत्यु भएको छ । मृतकमध्ये एकजना कोरोना संक्रमित हुन् भने अर्का कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्ति हुन् ।

धौलागिरि अस्पतालमा उपचाररत २ जनाको मृत्यु

बागलुङ नगरपालिका वडा नं. ४ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी सातादेखि धौलागिरि अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उच्च रक्तचाप र मधुमेहका बिरामी ती पुरुषलाई केही दिनदेखि श्वासप्रश्वासमा पनि समस्या देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

बुधबार राति नै अर्का ३३ वर्षीय युवकको पनि मृत्यु भएको छ । बेनी नगरपालिका–१ का ती युवा बुधबार दिउँसो श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल आएका थिए । उनको पीसीआर परीक्षण भएको छैन ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । तीमध्ये धौलागिरि अस्पतालमा ७ र अन्यत्र ७ को मृत्यु भएको हो ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?