गोरखामा बुधबार मध्यरातदेखि निषेधाज्ञा

हरिराम उप्रेती

गोरखा — कोरोना जोखिम बढेसँगै गोरखा जिल्ला र निषेधाज्ञा जारी भएको छ । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिले बुधबार राति १२ बजेबाट लागू हुने गरी वैशाख महिनाभर निषेधाज्ञा जारी गरिएको हो । बुधबारमात्र गोरखामा ४९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १९६ पुगेको छ  ।

गोरखामा बुधबार मध्यरातदेखि निषेधाज्ञा

कोभिड–१९ संक्रमणको तीव्र फैलावट रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए । यस अघि मंगलबार राति १२ बजेबाट लागू हुने गरी पालुङटार र गोरखा नगरपालिका तथा आरुघाट गाउँपालिकामा मात्र निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञामा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र हिँड्डुल नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । निषेधाज्ञाको अवधिमा औषधि एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहनेछन् । दैनिक उपभोग्य सामाग्रीका पसल स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खुल्ला रहनेछन् ।

आदेशविपरीतका गतिविधिहरु भएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ वमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?