१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेश सरकारविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने भएको छ । दिउँसो १ बजेर ४० मिनेटमा सुरु प्रदेशसभा बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि छलफलमा भाग लिइरहेका छन् ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने

सांसदहरुले बोलिसकेपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले छलफलमा उठेका विषयको जवाफ दिने र त्यसपछि मतदान प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा एमालेका १८, राष्ट्रिय जनमोर्चाका २ र कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका १/१ सांसदले बोल्न नाम दर्ता गराएका छन । उनीहरुलाई १० मिनेट बोल्ने समय दिइएको छ ।

आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको थाहा पाएपछि गण्डकी सरकारले चालु हिउँदे अधिवेशन वैशाख १ को मध्यरातदेखि अन्त्य गरिदिएको थियो । वैशाख २ मा मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले अविश्वास प्रस्ताव दर्ता गर्दै सोही दिन प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेअनुसार अहिले प्रदेशसभा बैठक चलिरहेको हो ।

मंगलबारको बैठकमा भने सबै सांसदको पीसीआर हुनुपर्ने मागसहित सत्तासीन नेकपा एमालेले अवरुद्ध गरेपछि बुधबार १ बजेसम्मका लागि स्थगित भएको थियो । उसको मागअनुसार मंगलबारै सबै सांसदको पीसीआर परीक्षण गर्दा तीन सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सांसदलाई सभामा बोल्न नदिने तर मतदान प्रक्रियामा भने सामेल गराउने मंगलबारै निर्णय भएको थियो । सोही निर्णयअनुसार मतदान प्रक्रिया हुने भएको हो ।

प्रकाशित : वैशाख १५, २०७८ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?