कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बने ३८२ विद्यालय

हरिराम उप्रेती

गोरखा — भूकम्पले भत्किएका मध्ये यहाँका ३ सय ८२ विद्यालयका भवन निर्माण सकिएको छ । अझै ८५ विद्यालयका भवन निर्माणाधीन रहेका र १० विद्यालयको निर्माण भने अझै अन्योलमा छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का अनुसार विद्यालय व्यवस्थापन समितिबाट निर्माण भएका ३ सय ४२ मध्ये २ सय ८४ सकिएको छ । एकाइ प्रमुख विष्णुप्रसाद मिश्रले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय गैरसरकारी निकाय/वित्तीय संस्थाले जिम्मा लिएका ९२ मध्ये ६७ विद्यालय पनि बनेको बताए । गैरसरकारी निकायबाट बन्ने ३५ विद्यालयमध्ये ३१ वटा सम्पन्न भएको उनले बताए ।

एकाइका अनुसार जाइकाको ऋण सहयोगमा बन्ने ६७ मध्ये ६१ विद्यालय बनिसकेका छन् । भारत सरकारले जिम्मा लिएको ७ मध्ये ३ वटाको निर्माण सम्पन्न भएको छ । सामान्यतया १२ कक्षासम्म चलेका माविका लागि २४, कक्षा १० सम्मका माविका लागि १८, निमाविलाई १२ र प्राविका लागि आठ कक्षाकोठाको आवश्यकता पर्छ ।

जग्गाको प्रकृति, विद्यार्थी संख्या र विद्यालयको प्रकारको आधारमा भवन निर्माण गरिएको छ । समुदायमा दक्ष कालीगढ, निर्माण सामग्रीको अभाव, भौगोलिक विकटता तथा सडकका कारण बर्खामा सवारी नचल्दा विद्यालय पुनर्निर्माणमा चुनौती देखिएको प्राविधिक बताउँछन् ।

सहिद लखन गाउँपालिका–४ स्थित सिँजाली माविको भने विजोग छ । जग्गा अभावले धार्चेको गणेश हिमालय र भक्रपुरी आधारभूत विद्यालयको पनि भवन निर्माण सुरु भएको छैन । पाँचखुवा देउरालीको मण्डली आधारभूत विद्यालय, घ्याच्चोकको देवलस्वारा प्रावि, बोलाङ आधारभूत, केराबारीको बालकन्या आधारभूत, थुमीको मनास्लु आधारभूत विद्यालयको पनि भवन निर्माण सुरु नभएको मिश्रले बताए ।

यी विद्यालय पुरानै भवनमा सञ्चालित छन् । मदरसा अनफिया रजमिया र मदरसा सयदना अविवकर ली तहफिलुल कुरान विद्यालय निर्माण हुन सकेको छैन । ‘केही विद्यालय मर्ज हुने भनेपछि बनाउन प्रक्रिया सुरु भएन,’ उनले भने । ७३ विद्यालयमा शौचालय निर्माण भएका छन् । ७२ विद्यालयमा शौचालय निर्माणाधीन रहेको र ८८ विद्यालयमा खानेपानी पुर्‍याउन काम भइरहेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?