१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बालिकालाई करणी गरेको आरोपमा एक पक्राउ

अगन्धर तिवारी

पर्वत — सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा फलेबास नगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् । फलेवास नगरपालिका–७ लिमिठानाका ५८ वर्षीय दुर्गाराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । 

पर्वत प्रहरीका अनुसार पाण्डेमाथि गत बिहीबार साँझ घरमा कोही नभएको मौका पारेर बालिकालाई गोठमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि पाण्डे फरार थिए ।

बालिकाका आफन्तले दिएको सूचनाका आधारमा पाण्डेलाई लमायखोला किनारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाण्डेविरुद्ध करणीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।


प्रकाशित : वैशाख ६, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?