२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पोखरा महानगरका विद्यालयमा वैशाखभित्रै परीक्षा सक्नु पर्ने

दीपक परियार

पोखरा — पोखरा महानगर भित्रका विद्यालयले वैशाखभित्रै आफ्ना वार्षिक परीक्षा सकिसक्नुपर्ने महानगर शिक्षा समितिले आइतबार निर्णय गरेको छ । भौतिक अवस्था, स्वस्थ्य मापदण्डलाई ख्याल गर्दै विद्यालयले लिने वार्षिक परीक्षा वैशाखभित्रै लिनुपर्ने समितिले निर्णय गरेको हो । 

जेठ ३ देखि ११ सम्म तोकिएको ८ कक्षाको नगरस्तरीय परीक्षाको मिति पनि हाललाई हेरफेर नगर्ने निर्णय भएको पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । ‘त्यतिबेलासम्मको परिस्थितिलाई आँकलन गरेपछि मात्रै सार्ने/नसार्ने निर्णय गर्छौं,’ उनले भने । बैठकमा प्याब्सन, एन-प्याब्सन, अभिभावक संघ, नगरस्तरीय परीक्षा समिति लगायतका प्रतिनिधि सहभागी थिए ।

पछिल्लोपल्ट पोखरामा एक दर्जन विद्यालयका ८९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लामा कास्कीलाई वर्गीकरण गरेको र विद्यार्थीहरु उच्च जोखिममा रहेको बताए पनि यहाँका स्थानीय तहले औपचारिक रुपमा विद्यालय बन्दको घोषणा गरेका छैनन् ।

प्रकाशित : वैशाख ५, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?