कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लागूऔषधसहित दुईजना पक्राउ

कास्की — पोखरा महानगरपालिका–३ नदीपुरस्थित सवारीसाधन जाँज गर्ने क्रममा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगर–२ बाग्लुङ बसपार्कका १८ वर्षीय मनिष केसी र २० वर्षका किस्मत पौडेल रहेका छन् ।

प्रहरीले शुक्रबार बिहान साढे नौ बजे उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

स्कुटरमा सवार उनीहरुको साथबाट १० पत्ता (एकसय पिस) ट्रेप्पल नामक लागूऔषध फेला पारिएको छ । प्रहरीले स्कुटरससहित दुवैजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?