१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चट्याङमा परी महिलाको मृत्यु

स्याङ्जा — फेदीखोला गाउँपालिका–५ स्थित चट्याङमा परी एक महिलाको मृत्यु भएको छ ।

चट्याङमा परी महिलाको मृत्यु

बिहीबार हावाहुरी, पानीसहित चट्याङ पर्दा ३९ वर्षीया ईश्वरी लामिछाने घाइते भएकी थिइन् । घरमा बसिरहेको अवस्थामा चट्याङबाट बेहोस् भएकी लामिछानेलाई उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको थियो ।

उपचारको क्रममा उनको अस्पतालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?