कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चट्याङ लागेर एकको मृत्यु

प्रकाश बराल

बागलुङ — चट्याङ लागेर ताराखोला गाउँपालिकामा एक व्यक्तिको ज्यान गएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर वडा नं २ अर्गलका ४५ वर्षीय खिमानन्द कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गोठमा काम गरिरहेका दम्पतीमध्ये पतिलाई चट्याङ लागेको थियो । गम्भीर घाइते कँडेललाई उपचारका लागि धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

यस्तै शुक्रबार बिहान बागलुङ बजारको एक हार्डवेयर पसलमा आगलागी हुँदा घर जलेको छ । बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकस्थित श्रेष्ठ हार्डवेयरमा आगो लागेको हो ।

बिहान साढे ८ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर निभाएका थिए । तत्काल नगरपालिकाको दमकल आए पनि लाखौंको सामान जलेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।

प्रकाशित : वैशाख ३, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?