कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डढेलो निभाउने क्रममा  भीरबाट खसेर म्याग्दीमा एक जनाको मृत्यु 

घनश्याम खड्का

म्याग्दी — खरबारीमा सल्केको डढेलो निभाउने क्रममा म्याग्दीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बिहीबार दिउँसो ३ बजे बेनी नगरपालिका–४, थामडाँडामा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर ६० वर्षीय मनबहादुर गुरुङगको घटनास्थलमै मृत्यु भएको हो ।

पर्वतको जलजला गाउँपालिका, ५ धौलापाराका गुरुङ ज्याला मजदुरी गर्ने क्रममा थामडाँडामा बस्थे । अन्य गाउँलेसँगै वनमा लागेको डढेलो निभाउन गएका गुरुङ तलबाट डढेलोको लप्का आएपछि भाग्ने क्रममा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

स्थानीय तमबहादुर विकले आफ्नो बारीमा लगाएको जिलौटो पोल्ने क्रममा आगो अनियन्त्रित भई छिमेकी धनबहादुर गुरुङको खरबारी हुँदै थामडाँडा सामुदायिक वनमा डढेलो फैलिएको थियो । डढेलो ४ बजेपछि वर्षा भएपछि आफै नियन्त्रणमा आएको थियो ।

प्रकाशित : वैशाख २, २०७८ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?