कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

खोलामा डुबेर २ किशोरीको मृत्यु 

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका २ किशोरीको बुधबार मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय १६ वर्षकी सिर्जना परियार र १३ वर्षीया नमुना परियारको मृत्यु भएको हो ।

घाँसदाउरा गर्न घरबाट निस्किएका किशोरी गर्मी भएपछि दिउँसो ३ बजेतिर पौडी खेल्न खोलामा पसेका थिए । त्यसक्रममा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमुना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । यसैगरी बागलुङको ढोरपाटन–२ सल्लेपानी सामुदायिक वनको जस्तीखोलको किनारमा तन्नामा बेरिएको अवस्थामा करिब ३५ वर्षका पुरुषको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १, २०७८ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?