१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आगलागीमा हार्डवेयर पसल जल्यो

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका–८, दनाई फाँटमा आइतबार बेलुकी हार्डवेयर पसलमा आगलागी भएको छ । वडा नम्बर १० बाँझखेतका गंगाबहादुर थापाको पसलमा बेलुकी साढे १० बजेतिर आगो लागेको प्रहरीले जनाएको छ । 

आगलागीमा हार्डवेयर पसल जल्यो

आगलागीको खबर आउनेबित्तिकै जिल्ला प्रहरीले प्रहरी निरीक्षक ओमप्रकाश पुनको नेतृत्वमा ३५ जनाको टोली खटाएको थियो । त्यस्तै सशस्त्र प्रहरीले असई प्रेम भुजेलको नेतृत्वमा १४ जनाको टोली खटाएको थियो । प्रहरी, स्थानीय र दमकलको सहायतामा राति १२ बजेतिर आगो नियन्त्रणमा आएको इन्स्पेक्टर पुनले बताए । उनका अनुसार आगलागीमा पसलका सबै सामान जलेका छन् ।

पसलमा रहेको एउटा कारलाई स्थानीयले धकेलेर बाहिर निकालेका थिए । उक्त कारमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार चारवटा सटरमा रहेका छड, सिमेन्ट, जस्ता, रंग, रंग बनाउने मेसिन, ल्यापटप, नगदलगायत सामग्री जलेका छन् । पसलको पछाडिपट्टि रहेको गोदाममा पनि क्षति पुगेको छ । ‘मुचुल्काका लागि प्रहरी खटाएका छौं,’ पुनले भने ।


प्रहरीका अनुसार आगो निभाउने क्रममा बाराको देउताल गाउँपालिका–४ का ३५ वर्षीय राजेश्वर पासवान घाइते भएका छन् । पेट, ढाडमा चोट लागेका उनको उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण यकिन भइनसके पनि विद्युत् ‘सर्ट’ भएको हुन सक्ने अनुमान गरिएको इन्स्पेक्टर पुनले बताए ।

प्रकाशित : चैत्र ३०, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?