कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बागलुङमा फर्निचर उद्योगमा आगलागी, तीन जिल्लाका दमकल खटाइए

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिका–३ स्थित सिर्जना फर्निचर उद्योगमा आगलागी भएको छ । आइतबार बिहान २ बजे सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । 

बागलुङमा फर्निचर उद्योगमा आगलागी, तीन जिल्लाका दमकल खटाइए

बागलुङ, पर्वत र म्याग्दीका तीनवटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भैरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।

आगो निभाउन नेपाली सेना, सशस्त्र र जनपद प्रहरी तथा बागलुङ, बेनी र कुस्मा नगरपालिकाका कर्मचारी तथा प्राविधिकहरू खटिएका छन् । ‘राति अचानक आगोको लप्का देखिएपछि नजिकैका महिलाहरू कराउन थाले, त्यसपछि सबै मिलेर निभाउने प्रयास गर्‍यौं, केही लागेन,’ स्थानीय मञ्जुल शाक्यले भने, ‘आगो सल्किएपछि वरिपरिका घरपरिवारले पनि सामान सारेका छन् ।’

फर्निचर उद्योगका सञ्चालक विराट बोहोरा हृदयघातका कारण बिरामी छन् । उनलाई धौलागिरि अस्पतालमा उपचार गरिएको छ । साँघुरो गल्लीमा दमकल ल्याउनुपर्दा विद्युत्, टेलिफोनलगायतका तारसमेत चुँडिएका छन् । बानपा–३ का अधिकांश स्थानमा विद्युत्–सेवा अवरुद्ध छ ।

प्रकाशित : चैत्र २९, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?