१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बागलुङमा भेटियो ‘राज गोमन’

प्रकाश बराल

बागलुङ — बागलुङको मूलपानीमा भेटिएको राज गोमन (किङ कोब्रा) सर्पलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा छाडिएको छ । बागलुङ नगरपालिका–७ का सुदीप गौतमको घरमा शुक्रबार बिहान सर्प भेटिएको थियो । सर्प देखिएपछि घरपरिवार र गाउँले डराएका थिए ।

बागलुङमा भेटियो ‘राज गोमन’

डिभिजन वन कार्यालयको अनुरोधमा सर्प संरक्षण समाज पोखराका अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प नियन्त्रणमा लिई सुरक्षित स्थानमा छाडेको हो ।

सर्प १२ फिट लामो र ५ केजी तौलको थियो । किङ कोब्रा बढी मात्रामा तराईमा पाइने भए पनि २ हजार २ सय मिटरसम्म बाँच्न सक्ने र वातावरणीय प्रभावले पहाडी क्षेत्रमा पनि पाइन थालेको कतिलाले बताए ।

सर्पलाई भेटिएको स्थानदेखि ५ सय मिटर पर जंगलमा लगेर छाडिएको छ । ‘यो निकै विषालु हो तर हतपत कसैलाई टोकेको घटना विरलै मात्र छ,’ कतिलाले भने, ‘सर्पलाई कुट्ने, जिस्क्याउने गरिएन भने कसैलाई केही गर्दैन । सुरक्षित छाडिदिँदा आफ्नै बाटो जान्छ ।’

प्रकाशित : चैत्र २७, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?