१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

घट्यो वन्यजन्तु चोरीसिकार 

गोरखा — मनास्लु संरक्षण क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकामा ४ वर्षअघि वन्यजन्तु चोरीसिकारविरुद्धको इकाइ गठन गरिएको थियो । इकाईले प्रभावकारी काम गर्दा चोरीसिकारी घटेको संरक्षण क्षेत्रले दाबी गरेको छ । 

इकाईले वन गस्ती गरेर चोरीसिकार नियन्त्रण गर्दै आएको क्षेत्रका प्रमुख नरेन्द्र लामाले बताए । ‘आवश्यक परे प्रहरी बोलाएर चरन, खर्क र वन क्षेत्रको गस्ती हुन्छ,’ उनले भने, ‘जंगलमा पासो थापे/नथापेको र वन्यजन्तुको अवस्था बुझ्ने काम हुन्छ ।’

चोरीसिकारीका लागि जंगल क्षेत्रमा कटेरो तथा पासो थापेको भेटिए हटाउने उनले बताए । पुर्जीबिना रूख ढालेको देखे पनि समितिले कारबाही गर्छ । ‘जडीबुटीको अवैध संकलन र ओसारपसार गरेको देखे नियन्त्रणमा जुट्छौं,’ उनले भने ।

वन्यजन्तुको संरक्षण गर्न सके आगन्तुकलाई समेत लोभ्याउन सकिने स्थानीय बताउँछन् । सिकार खेल्ने प्रयोजनका लागि कोही मान्छे बाहिरबाट आए सम्झाउने/बुझाउने गरिएको छ ।

प्रकाशित : चैत्र २७, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?