२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा शर्मा  

पोखरा — नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा नारायण शर्मा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार शर्माले प्रतिद्वन्द्वी दीपेन्द्र श्रेष्ठलाई हराएका हुन् । शर्माले ५ सय ३८ मत ल्याउँदा श्रेष्ठले ४ सय १४ पाए । 

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा शर्मा  

अध्यक्षमा कान्तिपुरकर्मी शर्मा नेतृत्वको गठबन्धनको प्यानलै विजयी भएको छ ।

यसैगरी उपाध्यक्षमा दीपक भट्टराई, महिला उपाध्यक्षमा सोनी शर्मा, महासचिवमा गोविन्दप्रसाद सुवेदी, खुला सचिवमा यदुनाथ बन्जारा, समावेशी सचिवमा सुशीलबाबु श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित भए ।

त्यस्तै सात खुला सदस्यमा ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार र सुनील पाण्डे चुनिए । महिला सदस्यमा रन्जीता शर्मा, राधिका शर्मा कँडेल र रोशनी गुरुङ, दलित सदस्यमा सानेबहादुर नेपाली, आदिवासी जनजाति सदस्यमा रामजी राना र रुद्रबहादुर थापा, अल्पसंख्यक सदस्यमा पदम छन्त्याल निर्वाचित भएका छन् ।

प्रेस युनियनको नेतृत्वमा प्रेस संगठन र प्रेस चौतारी (खनाल-नेपाल समूह) लगायत संस्थाको गठबन्धन बनेको थियो ।

प्रकाशित : चैत्र २६, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?