सामूहिक बलात्कार प्रयास आरोपमा ४ पक्राउ- गण्डकी - कान्तिपुर समाचार

सामूहिक बलात्कार प्रयास आरोपमा ४ पक्राउ

कान्तिपुर संवाददाता

स्याङ्जा — सामूहिक बलात्कार प्रयास आरोपमा हरिनास गाउँपालिकाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घर फर्कंदै गरेकी स्थानीय १५ वर्षीया किशोरीलाई बाटोमा बलात्कार प्रयास गरेको आरोपमा ४२ वर्षीय दिलबहादुर राना, २९ वर्षीय जेवन्तबहादुर खवास, १९ वर्षीय निलेश दुवाडी र १८ वर्षका जयम रुचाललाई पक्राउ परेका हुन् ।

गत शनिबार साँझ घटना भएको पीडितका आफन्तको जाहेरी आएपछि आरोपित सबैलाई आइतबार पक्राउ गरेर जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी होबिन्द्र बोगटीले बताए ।

प्रकाशित : चैत्र १७, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानको दार्मामा विद्यालय बन्द भएनन् 

विप्लव महर्जन

सल्यान — संघीय सरकारले ४ दिन विद्यालय बन्द गर्न आग्रह गरे पनि सल्लानको दार्मा गाउँपालिकाका विद्यालयमा पठनपाठन चलिरहेको छ । वातावरण प्रदूषणको जोखिम नभएको भन्दै विद्यालय खोलिएको हो । 

कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठनमा असर परेको भन्दै विद्यालय खुला गरिएको गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । उनका अन्सुार झण्डै ३ दर्जन सामुदायिक विद्यालयमा पठनपाठन जारी छ ।

‘कोरोनाका कारण झन्डै आठ महिनापछि विद्यालय खोलिएको थियो, अहिले बन्द गर्दा कोर्स नसकिने देखियो,’ उनले भने, ‘यहाँ तुवाँलो र धूलोधुवाँको असर पनि छैन ।’

प्रकाशित : चैत्र १७, २०७७ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×