१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोरखामा एमालेको समानान्तर कमिटी

हरिराम उप्रेती

गोरखा — नेकपा (एमाले) को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गोरखामा समानान्तर कमिटी घोषणा गरेको छ ।

सोमबार बसेको समूहको भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । बस्नेत यसअघि जिल्ला उपाध्यक्ष थिए ।

भेलाले १४ सदस्यीय सचिवालयमा यादव बस्नेत, विशेश्वर कट्टेल, रजमदिन मियाँ, टेकराज भट्ट, सानुमाया बस्नेत, नारायणध्वज खड्का, कल्पना कुँवर, सीताराम बुढाथोकी, द्रोणचार्य तिमल्सिना, प्रदीप सिं क्षेत्री, अमृत कालाखेती, भोला श्रेष्ठ र कृष्णमान श्रेष्ठलाई चयन गरेको छ ।

मंगलबारबाट कार्यालय व्यवस्थापनलगायत गतिविधि अघि बढाउने तयारी रहेको उक्त समूहका जिल्ला नेता विशेश्वर कट्टेलले बताए । ‘पालिका र वडास्तरको कमिटी गठन गर्न कार्य विभाजन पनि गर्‍यौं,’ कट्टेलले भने ।

प्रकाशित : चैत्र १६, २०७७ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?