तनहुँको भिमाद नगरपालिकाका विद्यालय खुला रहने

सम्झना रसाइली

तनहुँ — वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण केन्द्र सरकारले यही चैत २० गते शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि यहाँको भिमाद नगरपालिकाले भने नगरक्षेत्रभित्रका विद्यालयमा नियमित पठनपाठन जारी रहने जनाएको छ ।

नगरपालिकामा हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित सञ्चालन गरिने नगर प्रमुख मेखबहादुर थापाले बताए । उनले भने, ‘मौसम विज्ञहरुअनुसार काठमाडौं र लुम्बिनी क्षेत्रमा बढी तुवाँलोको प्रभाव देखिएको छ तर हाम्रो क्षेत्रमा वनजंगलका हरियालीका कारण मौसम प्रतिकूलताको ठूलो प्रभाव नदेखिएकोले विद्यालयमा नियमित पठनपाठन गराउने भएका हौं ।’

कोरोना संक्रमणका कारण नियामित पठनपाठन हुन नसक्दा विद्यार्थीको सिकाई अवरुद्ध भएको हुँदा विद्यालयभित्रै स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर सहजीकरण गर्ने भनेर शिक्षालाई निरन्तरता दिन विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए । वातावरण प्रतिकूल भएर स्वास्थ्यमा समस्या देखिन थाले सरकारको निर्णयअनुसार विद्यालय बन्द गरिने नगरप्रमुख थापाले बताएका छन् ।


प्रकाशित : चैत्र १६, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?