कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

माटोको ढिस्कोले पुरिँदा एकको मृत्यु

सम्झना रसाइली

तनहुँ — जिल्लाको शुक्लागण्डकी नगरपालिकामा मंगलबार माटोको ढिस्कोले पुरिदा एकजनाको मृत्यु भएको छ ।

धादिङ नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भइ हाल शुक्लागण्डकी–८ किमलडाँडामा बसोबास गर्दै आएका ५३ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

काम गर्ने सिलसिलामा माथिबाट खसेको माटोको ढिस्कोले गुरुङलाई पुरेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?