पेस्तोलसहित दुई युवा पक्राउ

नवीन पौडेल

नवलपुर — नवलपुरको कावासोतीबाट पेस्तोलसहित दुई जना युवालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वी पश्चिम राजमार्ग अन्तर्गत कावासोती १६ चालिसकिलोमा सवारी जाँच गर्ने क्रममा ना ५ ख ६५६३ नम्बरको बसमा सवार गोरखा जिल्ला चुमनुम्ब्री गाउँपालिका दुई जना युवालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दिलिपकुमार गिरीका अनुसार नियन्त्रणमा लिएका युवाहरुमा १८ वर्षीय दयाराम कार्की र गोविन्द गुरुङ रहेका छन् । युवाहरुले पेस्तोल कहाँबाट ल्याएको र के प्रयोजनका लागि ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन २३, २०७७ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?